धरान : धरान-१९ का १९ वर्षीय समीर परियारलाई हिजो शुक्रवार साँझ प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार परियारलाई अस्थायी प्रहरी पोष्ट देउरालीको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीसँग प्रहरीले ट्रामाडोल ५०० क्याप्सुल र डिकोलिक ४८० ट्याब्लेट लागुऔषध बरामद गरेको छ ।

यसैगरी उदयपुर जिल्ला त्रियुगा-१२ की २३ बर्षीया सपना राई र त्रियुगा-१० का १८ वर्षीय अभिषेक थापा मगर लागुऔषध सहित पक्राउ परेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट बुप्रिनोर्फिन, फेनार्गन र डाइजेपाम गरी ३६ एम्पुल लागुऔषध बरामद गरिएको छ ।

हिजै साँझ पथरीका २५ वर्षीय राजेश मादेन, २६ वर्षीय राकेश मादेन, मञ्जिल लिम्बू, ३९ वर्षीय तिलक गुरुङ र २८ वर्षीय सरोज बस्नेत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले उनीहरूलाई ४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै काँकडभिट्टाबाट इलामको सूर्योदय-८ का हाल बुद्धशान्ती गाउँपालिका-४ बस्दै आएका २१ वर्षीय पञ्चसिङ तामाङ र ४० वर्षीय तारानिधि घिमिरे पनि ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले उनीहरूलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

हिजै साँझ दमकबाट झापाको शिवशताक्षी-२ का २६ वर्षीय राजेश लिम्बु, कमल गाउँपालिका-५ का २२ वर्षीय राजु धिमाल, शिवसताक्षी-३ का १९ वर्षीय एन्जील लिम्बु लागुऔषधि सहित पक्राउ परेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ट्रमाडोल २६० क्याप्सुल सहित पक्राउ गरिएको हो।