धनकुटा : धनकुटा जिल्लाको साँगुरीगढी-३ बाट नाम्जे तर्फ जाँदै गरैका बोलेरो पिकअप भ्यान शुक्रवार राती सवा ९ बजेको समयमा भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा साँगुरीगढी-६ का ३४ वर्षीय निर बहादुर मगर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घट्नामा ३९ वर्षीय मिना मगर, उनको ६ वर्षीय छोरी श्रेया मगर घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि धरान स्थित बिपी प्रतिष्ठान भर्ना गरिएको छ ।

साँगुरीगढीको मुक्तेनबाट नाम्जे जाँदै गरेको को २ च ११०५ नम्बरको पिकअप भीरबाट सय मिटर तल खसेको थियो । चालक उदयपुरगढी-७ का २४ वर्षीय अमिर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।