धरान : इलाका प्रहरी कार्यालय धरानले चोरीको २ वटा मोटरसाइकल सहित चोर समूहका ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर-१ का २३ वर्षीय दीपककुमार यादव, राजविराज-१ का २० वर्षीय मोहम्मद सर्फराज इराकी, राजविराज-२ का २४ वर्षीय लालु भन्ने मोहम्मद रहमान र अरविन यादव, सिराहा घर भई विराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह छन् ।

उनीहरूबाट धरानबाट चोरी भएको  प्रदेश १-०२-०४४ प ५९४२ नम्बरको केटिएम डूक र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीले उनीहरूले मोटरसाइकल चोरी गर्न प्रयोग गरिएको बा १४ च ८०२६ नम्बरको स्कारपियो गाडी पनि नियन्त्रणमा लिएको छ ।

उक्त मोटरसाइकल भदौ ३ गते धरान-१७ रेल्वे चोकबाट चोरी भएको थियो । मोटरसाइकल चोरी भएको जानकारी पाएपछि खोजतलासमा लागेको प्रहरी टोलीले चोरहरूको समूह सहित मोटरसाइकल पक्राउ गरेको हो ।