धरान : राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको जिल्ला अध्यक्षमा विनोद बिक चयन भएका छन् ।
सङ्घको दोस्रो जिल्ला अधिवेशन सोमबार भएको थियो । अधिवेशनले अध्यक्षमा विकको अध्यक्षतामा ९ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन भएका छन् । सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल, मनीषा लोहार छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादे प्रमुख अतिथि रहेको अधिवेशन सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए । सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन केडी लगायतको उपस्थिति थियो ।
निर्वाचन समिति संयोजक तारा लामगादे, पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ, दलित समन्वय समितिका निवर्तमान अध्यक्ष किशोर परियार थिए ।