धरान : छुरा प्रहारको घट्नामा गम्भीर घाइते भएर उपचार गर्दागर्दै बिपी प्रतिष्ठानमा मृत्युवरण गरेकी युजिन शाहीको आज शवयात्रा पछि अन्त्यष्टी गरिने भएको छ ।

मङ्गलवार दिउँसो १२ बजेको समयमा धरान ३ श्रीपथ (माछाभौडी) मा आफ्नै दोकानमा रहेका बेला उनका सानो बुवा प्रवीण बरालले छुरा प्रहार गरेका थिए । मृतक युजिन शाही बुबा दुर्जन शाही र सृजना राई शाहीकी जेठी छोरी हुन । दुई सन्तानकी धनी सृजना शाही (राई)लाई समेत ज्वाइँले कोखामा छुरा हानेका थिए । उनको हाल बिपी प्रतिष्ठानमा उपचार भई रहेको छ ।

१४ वर्षकी मृतक युजिन धरान-१ स्थित  विजयपुर बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत थिइन । मृतक युजिन बहुप्रतिभाकी धनी थिइन । उनको नेवारी सङ्गीत, वाद्यवादनमा रुचि रहेको र उनले खड्गी सेवा समाजले सञ्चालन गरेको ४ महिने नाइके बाजा प्रशिक्षणमा सहभागी भई उत्कृष्ट कलाकार उपाधि पाएको खड्गी सेवा समाजका अध्यक्ष मनिष खड्गीले बताए ।

अध्यक्ष खड्गीका अनुसार मृतक युजिन खड्गी कलाकार सङ्घको सांस्कृतिक कलाकार समेत थिइन।

अध्यक्ष खड्गीका अनुसार मृतक युजिनको शवको अन्त्यष्टी शव यात्रा पछि गरिने बताए । शव यात्रा धरान-३ माछा भौडी देखी भानुचोक, छाता चोक हुँदै सिंहदेवी चोक, चिनिया चोक जलपा रोड हुँदै खत्री धारामा नेवारी परम्परा अनुसार अन्तिम संस्कार गरिने अध्यक्ष खड्गीले बताए ।