विराटनगर : मुलुकको प्रजातान्त्रिक आन्दोलनमा महिलाहरूको योगदानलाई स्मरण गराउँदै सुशील कोइराला फाउण्डेशनले तिजको अवसरमा ५ जना अग्रणी महिलालाई सम्मान गरेको छ ।

तिजको अवसरलाई सिर्जनात्मक पर्वको रूपमा सदुपयोग गर्दै शनिवार आयोजित समारोहमा उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा शान्ता रिजाल, नन्दकुमारी हुमागाईँ, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राई छन् ।

सम्मानित अग्रणी महिलाहरूले प्रजातान्त्रिक आन्दोलनको बेला अग्रमोर्चामा रहेर आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिष्ठानकी अध्यक्ष मृदुला कोइरालाले बताइन् ।

फाउण्डेशनले ‘संस्कृति जोगाऔँ, आत्मीयता बढाऔँ’ नारा सहित तीज कार्यक्रम आयोजना गरेको हो । सम्मान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, सचिव दीपक चापागाईँले उनिहरुलई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य, कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, भीम पराजुली, मोरङ काँग्रेस कार्यवाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, पूर्वउपमेयर इन्दिरा काकीले बधाई शुभकामना व्यक्त गरे । 

गायक रामा मण्डल, सुमित खड्का र जुनु गौतमले तीज गीत प्रस्तुत गरे ।

mahila-samman-brt