धरान : पत्रकार विश्वमणि पोखरेलका भाइ ज्ञानमणि पोखरेल एक साता देखी बेपत्ता भएकोले खोजिदिन उनका परिवारले सर्वसाधारणसँग आग्रह गरेका

छन् ।

उनिलाई अन्तिम पटक सुनसरीको झुम्कामा बसबाट ओर्लिँदै गरेको हुलिया देख्नेहरूले बताएका छन् ।

झुम्कामा पोखरेल परिवारको आफन्तहरू भए तापनि ज्ञानमणि त्यहाँ नगएको बुझिएकाले परिवार चिन्तित छन् । उनको ठेगाना सप्तरी जिल्ला कञ्चनपुर-८ रुपनी, मिलन टोल हो ।

घरबाट कसैलाई नभनी हिँडेका ५६ वर्षीय ज्ञानमणि मानसिक रूपमा एभनर्मल छन् । बोली रहन्छन् । लगाएको घडी हेरिरहन्छन् ।

घरबाट हिँड्दा नीलो हाफ पेन्ट, घिउ कलरको भेष्ट लगाएका उनलाई देख्नेहरूले नजिकको प्रहरी चौकीमा सम्पर्क गराई दिन परिवारले अनुरोध गरेको छ ।