वराहक्षेत्र : नेकपा एमाले वराहक्षेत्र नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट सीता भण्डारी पौडेल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएकी छिन् । सोमवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्र विष्ट, सहसचिवमा मेनुका लिम्बु र प्रमोद (दीपक) घिमिरे सर्वसम्मत रूपमा चयन भएका हुन।

पौडेलको अध्यक्षतामा पदाधिकारी सहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।