धरान : मोरङ जिल्ला बेलबारी-९ का ३५ वर्षीय कृष्ण थापाको हिजो मङ्गलवार साँझ बेलबारी-३ राजमार्गमा भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम आउँदै गरेको ना २ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०२-००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठोक्किँदा थापा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते सुमोका चालक थापालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीबाट भइरहेको छ ।