धरान : धरानमा प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज शुक्रवारदेखि सुरु भएको छ ।
आइतबार सम्म ३ दिन चल्ने प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन भइरहेको छ । राष्ट्रिय प्रतियोगिता धरान ब्याडमिन्टन क्लबको आयोजना भएको हो ।
आजआयोजित एक समारोह बिच कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले प्रतियोगिताको उद्घाटन गरे ।
उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले अमर सेवा समाजको हल व्यवस्थापन गर्न १० लाख बराबरको सोलर बत्तीका लागि बजेट विनियोजन गराउने  प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतियोगितामा नेपालको ७७ जिल्लाका १२४ टिमबाट ५०० जना खेलाडी सहभागी भएको संयोजक टङ्क लिम्बुले बताए ।प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागिता रहेको छ । प्रतियोगितामा खुल्ला मेन्स डबल २९ टिम , खल्ला महिला डबल ९ टिम , मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम , भेट्रान डबल ५५ प्लस २४ टिम बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताहरूले खुल्ला पुरुष डबलका विजेता जोडीलाई १ लाख १५ हजार, उपबिजेताले ५५ हजार, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र पाउने छ ।
खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११/११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहेका छन् । उद्घाटन कार्यक्रमको सभापतित्व अध्यक्ष टङ्क लिम्बुले गरेका थिए ।
badmition-1