धरान : प्रहरीले ताप्लेजुङमा अटोमेटिक पेस्तोले घरमा लुकाएर राखेका एक युवकलाई पेस्तोल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ का २० वर्षीय उदय पन्थ रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीलाई प्राप्त सूचना अनुसार बुधवार असोज १६ गते राती ९ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी टोलीले उनको घरमा छापा मारेको थियो ।
पन्थको घर कोठा खानतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो । पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।