बेलबारी : मोरङको बेलबारी-११ मा एक व्यक्तिको शव फेला परेको छ।

बेलबारी-११ सशस्त्र प्रहरी बेस क्याम्प अगाडी जङ्गलमा अन्दाजी ४०-४२ वर्ष उमेरको व्यक्तिको शव फेला परेको प्रहरी चौकी भाउन्नेले जनाएको छ ।

भेटिएको शव बेलबारी-८ रैझारका व्यक्ति हुन सक्ने अनुमान रहेको बेलबारी वडा-८ का वडाध्यक्ष धनपति गौतमले बताए ।

शव पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको प्रहरीले जानकारी दिएको छ।