झापा : बिर्तामोड स्थित बी एण्ड सी अस्पतालका मालिक दुर्गा प्रसाईँलाई काठमाण्डौमा प्रहरीले पक्राउ गर्दा त्यसको विरोध गर्दै जलाइएको ट्रकका घाइते चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रसाईँका समर्थकहरूले असोज ७ गते बिर्तामोड-७ मा काँकडभिट्टातर्फ जाँदै गरेको भारतीय डब्यू बी ७३ ई ३०५६ नम्बरको ट्रक रोकेर आगजनी गरेका थिए ।

चालक ट्रकमै हुँदा आगो लगाइएकोले भारतको इस्लापुरका ४० वर्षीय चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

घाइते चालक रायको नर्थ बङ्गाल मेडिकल कलेज दार्जिलिङमा उपचार भइरहेको थियो । उनको शव नेपालमा ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।