वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा बाढीबाट प्रभावित भई क्षति भएका परिवारहरूले राहत स्वरूप नगद प्राप्त गरेका छन् ।

विश्व खाद्य कार्यक्रम र सेवक नेपालले वराहक्षेत्र नगरपालिका मार्फत बाढी प्रभावित नगरवासीहरूलाई नगद १५ हजारको दरले वितरण गरिएको हो ।

सप्तकोशी नदीसँग जोडिएका वडाहरूमा वडा कार्यलयहरुको सिफारिसमा १ हजार १ सय ४५ परिवारलाई नगद वितरण गरिएको नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

बाढीबाट क्षति भई प्रभावित बनेका नगरवासिहरुलाई खाद्य सुरक्षाकालागि विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत रकम वितरण गरिएको उनले बताए ।

पूर्वानुमानमा आधारित अग्रिम परियोजना कोसी बाढी प्रभावित घरधुरीहरूका लागि नगद हस्तान्तरण कार्यक्रम अन्तर्गत वराहक्षेत्र नगरपालिकामा १ हजार १ सय ४५ परिवारलाई नगद १५ हजारको दरले प्रदान गर्ने योजना अनुसार सोमवारबाट वितरण गर्न थालिएको सेवक नेपालका प्रतिनिधि बनोस खड्काले बताए ।

सोमवारबाट सुरु उक्त राहत रकम कोशीपारी श्रीलङ्का टप्पुमा जनता मावि र बद्री चौक, वडा नं १ र २ कालागि वडा नं १ को कार्यालय, वडा नं ६, वडा नं ७, वडा नं ८, वडा नं ९ र वडा नं ११ को कार्यालयबाट वितरण हुनेछ ।

baraha-rahat-2