धरान : कोशी प्रदेशमा सबैभन्दा बढी लागुऔषध गाँजाको अवैध निकासी भइरहेकोले धनकुटा जिल्लाको गाँजा उत्पादन हुने गाउँहरूमा प्रहरीले गाँजाको बोट र बिरुवाहरू नष्ट गर्न थालेको छ ।

धनकुटाको पख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका वडाहरूमा गाँजा उत्पादन एरियाहरूमा अवैध रूपमा लगाएका र आफै उम्रिएका गाँजाको बोट एवं बेर्नाहरु प्रहरीले नष्ट गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार हिजो सोमवार इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेको प्रहरी टोलीले शहिदभुमी वडा ३, ४ र ५ एरियाको १० रोपनी क्षेत्रफलका ६ हजार ५०० गाँजाको बोट नष्ट गरेको छ ।

यसैगरी साँगुरीगढी वडा ७ र ८ एरियाको २ हजार ५०० बोट र पख्रिबास वडा १० को ९०० बोट गाँजा नष्ट गरेको छ । अवैध रूपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

gaja-dhankuta-2