इटहरी : सोल्टी वेस्टेण्ड इटहरीले दसैँ तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफरहरू ल्याएको छ । चाडपर्वको अवसरमा होटेलको बेड देखी रेस्टुरेन्टमा समेत छुटको व्यवस्था मिलाएको हो ।

फेस्टिभल अफरको रूपमा सिङ्गल बेडको ब्रेकफास्ट सहित ७५०० र डबल बेडको ब्रेकफास्ट सहित ८००० मात्र लिने गरिएको म्यानेजर निगम खनालले बताए ।

म्यानेजर खनालका अनुसार दशैको अवसरमा खसीको एक प्लास्टर पक्कु किन्दा दुई वटा सानो बियर पाइने भएको छ । दसैँमा साथीभाइ सँग होटेलमा गएर रमाइलो गर्ने स्थानीय आगन्तुकको लागि विशेष अफर ल्याइएको उनको भनाइ छ ।

फेस्टिभलकै अवसरमा रेस्टुरेन्ट विलमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको खनालले जानकारी दिए । सोल्टीको आधिकारिक ग्राहक कार्ड भएका आगन्तुकको लागि थप ५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए ।