धरान : स्थानीय सरकार सञ्चालन ऐनमा भएको नगर प्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक प्रमुखको दायित्व दिनुपर्ने व्यवस्था विपरीत धरानका प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक तोकेका छन् ।

प्रमुख साम्पाङ केही दिनको लागि युके जाने भएपछि भ्रमणमा उनले बुधवारै असोज २८ गते सोमवार देखी लागु हुने गरी कार्यवाहक प्रमुखको जिम्मेवारी लिखित रूपमा वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई तोकेर दिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन कार्य विभाजन र कार्यसम्पादन ऐनको नगर प्रमुख कार्य विभाजन तथा कार्य सम्पादन ऐनको दफा १२ मा ‘नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था’ गर्न स्पष्ट तोकिएको छ ।

उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनै पनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था भए पनि मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेको उपमहानगरपालिका श्रोतको भनाई छ ।

यसलाई नगर प्रमुख हर्क साम्पाङको विधि विधान र ऐन ,नियमावली विपरीत कार्य भएको टिप्पणी उपमहानगरपालिका वृत्तमा गरिएको छ । आज बुधवारपछि दशैं बिदाका कारण उपमहानगरपालिका कार्यालयबाट हुने सम्पूर्ण काम कागज बन्द हुने भएकोले प्रमुख साम्पाङले आजै पत्र लेखेका

हुन ।