दमक : इलामको चुलाचुलीमा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।
गएराति इलामको चुलाचुली गाउँपालिका-१ स्थित राजकुमार राईको घर नजिकै रहेको धान खेतमा हात्ती देखेपछि खेदाउन गएका चुलाचुली १ का राजकुमार राईलाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणमा परि गम्भीर घाइते भएका राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा गए राति पौने ११ बजे मृत्यु भएको हो ।