खोटाङ : खोटाङको रावाबेसी १ कुभिन्डेमा पर्ने नुनथला-एसेलुखर्च भित्री सडक खण्डमा बुलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज बिहान करिब ९ बजेतिर ब्रेक फेल भई स १ ज ५५८ नम्बरको बुलेरो जिप दुर्घटनामा परेको हो । सो जिप डुम्रेधारापानीबाट दिक्तेलतर्फ जाँदै थियो ।

दुर्घटनामा परि खोटाङ रावाबेसी ४ बस्ने ९० वर्षीया पूर्णमाया तामाङ, सोही ठाउँ बस्ने ४४ वर्षीय सुद्रबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी ५ बस्ने ४० वर्षीया कविता मग्राती, मझुवागढी १० बस्ने ३७ वर्षीया रामकुमारी सार्की, ४० वर्षीया गीता सार्की र वडा नं. २ बस्ने बलराम कटवालका छोरा ६ वर्षीय विद्या कटुवाल घाइते भएका छन् ।

उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।