धरान : भारतबाट नेपाल आएका २ युवकहरूबाट झापाको भद्रपुर बसपार्कमा चेकजाँच गर्दा प्रहरीले ५२ ग्राम २९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

ब्राउनसुगर सहित पक्राउ परेका उनीहरू भारत बिहार किसानगंजका ३८ वर्षीय जमकोद खाँन र १७ वर्षीय आयान खाँन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरूलाई विशेष सूचनाको आधारमा भद्रपुर-५ वडा प्रहरी कार्यालयले सोमवार पक्राउ गरेको हो । पक्राउ गरिएका दुबैजनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।