धरान : गाजाको उत्तरी क्षेत्र स्थित सहर बेइत लाहियामा इजरायलले गरेको पछिल्लो ताज हवाई हमलामा ९३ जनाको मृत्यु तथा बेपत्ता भएको छ । हमलामा २ दर्जन बालबालिका मारिएका छन् ।
अमेरिकाले मङ्गलवार भएको उक्त आक्रमणलाई ‘भयानक’ भनेको छ । बीबीसीका अनुसार अमेरिकी विदेश विभागका प्रवक्ता मैंथ्य मिलरले भने ‘यो घटना भयानक छ, अमेरिका यो घट्नामा सर्वसाधारण नागरिक हताहत भएको खबरले चिन्तित छ ।’
उनले हमलामा २ दर्जन बालबालिकाको मृत्यु भएको रिपोर्टलाई औँल्याउँदै आम जनताको मृत्युले एक पटक फेरी यो युद्धलाई समाप्त गर्न जरुरी भएको तर्फ हाम्रो ध्यानाकर्षण गराएको बताए ।
उत्तरी गाजामा जारी इजरायली डिफेन्स फोर्सेज (आइडिएफ)ले दुई साता देखी जबालिया, बेइन लाहिया र बेइन हनीन सहरलाई तारो बनाएर आक्रमण जारी राखेको छ । सोही क्रममा मङ्गलावर उक्त हवाई आक्रमण भएको हो ।
इजरायलले उत्तरी गाजामा हमास लक्ष्यीत आक्रमण जारी रहेको जनाएको छ । हमासले आम नागरिकलाई ढालको रूपमा प्रयोग गरेको इजरायलले आरोप लगाएको छ । हमासले भने त्यसलाई झुठो आरोप लगाइएको भन्दै खण्डन गरेको छ ।