धरान : चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पुर्‍याउने लक्ष्य राखेको छ । यसको लागि अन्तरिक्षमा गरिरहेको प्रयोगबाट अनुभव हासिल गर्न ३ जना अन्तरिक्ष यात्री मङ्गलवार तियाङगोङ अन्तरिक्ष स्टेशनमा सफलतापूर्वक पुगेका छन् ।

चिनिया अन्तरिक्ष यानमा ६ घण्टा यात्रा गरेर उनीहरू अन्तरिक्ष स्टेशनमा पुगेका हुन । युवा अन्तरिक्ष यात्रीहरूमा चीनको पहिलो महिला स्पेस इन्जिनियर पनि छन् । अन्तरिक्षमा चीनको आफ्नै स्टेशन छ ।

चीनले आफ्नो अन्तरिक्ष यान झेनझोउ-१९ को प्रक्षेपण सफल भएको भएको बताएको छ । यो सफलताले अन्तरिक्षको दौडमा चीनको प्रयास प्रतिद्वन्द्वी अमेरिका भन्दा अघि हुने प्रयासको रूपमा हेरिएको बीबीसीले एक समाचारमा उल्लेख गरेको छ ।

अन्तरिक्षमा पुगेका यात्रीहरूले अबको ६ महिना सम्म अन्तरिक्षमा ‘एक्सपेरिमेन्ट’ र ‘स्पेस वाक’ गर्नेछन् । चीनको उद्देश्य उक्त अनुभव र त्यसबाट प्राप्त जानकारी जुटाएर २०३० सम्म मानिसलाई चन्द्रमामा पठाउने रहेको छ ।

२ वर्ष अघि चिनियाँ राष्ट्रपति सी जीनपिङले स्पेस इण्डष्ट्रिलाई विकसित गर्ने र ‘स्पेस पावर’ बन्ने चीनको एउटा सपना साँचेर राखेको बताएका थिए ।

चिनियाँ अन्तरिक्ष मिसनका सदस्यहरू मध्ये पाइलट काई शुजे अनुभवी छन् । उनको अन्तरिक्ष यात्रा भने सन् १९९० मा जन्मिएका नयाँ पिँढीका अन्तरिक्ष यात्रीसँग भएको छ ।

पाइलट शुजेले उठान अघि भने ‘सहयात्रीको युवा ऊर्जाबाट ममा अरू बढी युवा आत्मविश्वास प्राप्त भएको महसुस गरिरहेको छु ।’