धरान : धरान मेघा कलेजले सञ्चालन गर्दै आएको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर कलेज बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण पुष १ गते देखी हुने भएको छ ।
यु–१८ कक्षा १२ सम्मका १८ वर्ष मुनीका विद्यार्थीहरूको बास्केटबल प्रतियोगिता पुस ५ गते सम्म सञ्चालन हुने आज आइतबार आयोजित पत्रकार सम्मेलनमा धरान मेघा कजेलका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिए प्रतियोगिताको फाइनल खेल थ्री पोईन्ट कम्पिटिशन हुनेछ । प्रतियोगितामा धरान र आसपासका विद्यालयबाट १२ वटा टिमले सहभागी हुने बताइएको छ ।
एक टिममा १० कक्षासम्मका ६ जना गरी अनिवार्य ११ र १२ कक्षाका ६ जना खेलाडीको सहभागिता अनिवार्य गरिएको छ ।
समाजसेवी रेवती रमण राई/सुजाता राईले १० कक्षाका छात्र रेवाहाङ रेन्छेन्वुङराईको असामयिक निधनपछि उनको स्मृतिमा प्रतियोगिताको आयोजना गर्न धरान मेघा कजेलमा १ लाख रुपैयाँ अक्षयकोष स्थापना गरेका हुन । पत्रकार सम्मेलनमा संस्थापक राईले हाल अक्षयकोषमा ३ लाख रुपैयाँ रहेको बताए ।
प्रतियोगिताको फाइनल खेल थ्री पोईन्ट कम्पिटिशन हुनेछ । प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । दोस्रो हुनेले नगद १२हजार ५ सय, ट्रफी, मेडल प्राप्त गर्नेछन ।
प्रतियोगितामा मोस्ट भ्यालुएवल प्लेयरले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट स्कोरर र उदयमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
थ्री पोईन्ट कम्पिटिसनमा हुने प्रतियोगिताको पहिलो चरण कम्पिटिसनका सहभागी खेलाडीले १ मिनट थ्री पोईन्ट सट गर्ने छन् ।त्यस मध्ये बढी बास्केट गर्ने उत्कृष्ट ३ खेलाडी छनौट गरी फाइनल चरणमा छनौट हुनेछ । त्यस मध्ये बाट १ मिनेटमा सबैभन्दा बढी थ्री पोईन्ट बास्केट गर्ने खेलाडी थ्री पोईन्ट च्याम्पियन घोषित हुने धरान मेघा कलेजका अध्यक्ष लिम्बुले बताए ।
थ्री पोईन्ट च्याम्पियनले नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र समेत प्राप्त गर्नेछ ।