इटहरी : मोरङको ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मत खसेको छ। २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १८ हजार ५ सय ७८ जनाले मतदान गरेका हुन् ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म १२ मतदान केन्द्रमा मत खसालिएको हो । राजनीति दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रमुख निर्वाचन अधिकृत राम राजा पौडेलका अनुसार मतपेटिका सङ्कलन सकिएको र दलीय सहमतिपछि मतगणना सुरु गर्न लागिएको छ ।
सर्वदलीय सहमति जुटेमा आजै रातिबाट मतगणना सुरु गर्ने तयारी रहेको उनको भनाइ छ । दुई भागमा मतगणना गर्ने गरी व्यवस्थापन गरिएको पौडेलले जानकारी दिए ।