धरान : मोरङ जिल्ला अदालतले डाका सम्बन्धी मुद्दामा २०८० फागुन २४ गते गरेको आदेश अनुसार ४ वर्ष ११ महिना १ दिन कैद र २१ हजार रुपैयाँ जरिवाना गरेको फरार दोषी विराटनगर–८ का २९ वर्षीय हरकित साहलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ ।

साह इटहरी–२ पिपल चोकमा लुकिछिपी बसेको अवस्थामा फेला पारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पीआइटी समूहले पक्राउ गरेको हो ।