धरान : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिवमा हर्कराज राईको नाम  सिफारिस गरेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नामसंग मिल्दो जुल्दो उनी झापाको शिवसताक्षी गाउँपालिका वडा २ का नागरिक हुन ।

हर्कराज राई हाल भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् । उनी नेकपा एमाले निकट हुन । राई राजनीति शास्त्रमा स्नातकोत्तर हुन । उनलाई सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन ।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।