वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले भौतिक संरचना निर्माण कार्य गर्दै आएका डकर्मीहरूलाई सिप अभिवृद्धि तालिम (मेसिन) प्रदान गरेको छ । निर्माण काय गर्दै आएका डकर्मीहरूलाई सहभागी गराएर गुणस्तरीय, दिगो संरचना, भूकम्प प्रतिरोधी संरचना निर्माणसँगै दक्ष बनाउन सिप अभिवृद्धि तालिम प्रदान गरिएको नगरपालिकाका सामाजिक विकाश शाखामा प्रमुख अरुण मेहताले बताए ।

वराहक्षेत्र नगरपालिकाकाको कार्यालयको सहयोग तथा  पिरामिड टेक्निकल इन्स्टिच्युट प्रा.लि.को प्राविधिक सहयोगमा उक्त डकर्मीहरूलाई सिप अभिवृद्धि तालिम (मेसिन) आयोजना भएको थियो । ५ दिनसम्म सञ्चालन भएको तालिममा २० जना डकर्मीहरू सहभागी भएका थिए ।

निर्माण कार्यमा प्रविधिहरूको प्रयोग, नयाँ मापदण्ड, भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि व्यावसायिक डकर्मीहरूलाई सिप अभिवृद्धि तालिमको योजना ल्याएको नगर प्रमुख रमेश कार्कीले बताए । ५ दिनसम्म सञ्चालन भएको तालिममा सहभागी डकर्मीहरूलाई नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, सामाजिक विकास शाखाका प्रमुख अरुण मेहता लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।