धरान : काँग्रेसको नेपाल तामाङ सङ्घ, सुनसरीको सभापतिमा वराहक्षेत्रका मनोज तामाङ चयन भएका छन् ।
धरानमा भएको दोस्रो जिल्ला अधिवेशनले मनोजलाई सर्वसम्मत सभापति चयन गरेको हो ।
अधिवेशन काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङको प्रमुख आतिथ्यमा भएको थियो । अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपसभापति शङ्कर तामाङ र बमबहादुर तामाङ, सचिव सन्जे तामाङ र तारा तामाङ, कोषाध्यक्ष कलादेवी तामाङ, सहसचिव माया गोले र प्रमीला तामाङ चयन भएका छन् ।
कार्यसमिति सदस्यहरू श्यामसुन्दर तामाङ, दिलकृष्ण तामाङ, लक्ष्मी गोले, मोतिमाया तामाङ, राजकुमार तामाङ, केदार तामाङ, इन्द्रराज तामाङ छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख सचेतक गोपाल तामाङले इतिहासमा तामाङ जातिमाथि चरम शोषण भएको तामाङ जातिले प्रजातन्त्र र गणतन्त्र प्राप्तीमा महत्त्वपूर्ण योगदान गरेको बताए । प्रजातन्त्रमा मात्र सबैले हक, अधिकार पाउने भएकोले तामाङ समुदाय प्रजातन्त्रको मूल प्रवाहमा सामेल भएको उनको भनाई थियो ।
पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले नेपाली काँग्रेस पार्टीमा माथिबाट केही आउँछ भनेर बस्यो भने सङ्गठन निष्किृय हुने बताउँदै आफू नेतृत्वको सङ्गठनलाई आफैले चलायमान बनाउनुपर्ने बताए ।
काँग्रेस सुनसरी १ सभापति सुजेन्द्र तामाङले लोकतन्त्रमा विश्वास र आस्था राख्ने तामाङ समुदायलाई सङ्गठित गर्दै राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, शैक्षिक लगायत सबै खाले अधिकार सुनिश्चित गर्न तामाङ सङ्घको स्थापना भएको बताए ।
कार्यक्रममा काँग्रेस जिल्ला सचिव माधव घिसिङ, तामाङ सङ्घ कोशी प्रदेश सभापति सुवास तामाङ, कोशी प्रदेशसभा सदस्य ममता तामाङ, काँग्रेस नगर सभापति श्याम पोखरेल, प्रजातान्त्रिक विचार समाजका कोशी प्रदेश सभापति डा. जीवनकुमार राई लगायतको उपस्थिति थियो ।
पदाधिकारी कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा सङ्घका केन्द्रीय सदस्य राजदीप लामाले गरेका थिए । कोशी प्रदेश सभापति सुवास राईले शपथ ग्रहण गराएका थिए ।
अधिवेशन सङ्घका सुनसरी संयोजक मनोज तामाङको सभापतित्वमा भएको थियो । सञ्चालन काँग्रेस क्षेत्रीय सहसचिव सुमित राईको गरेका थिए ।