धरान : राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्तिको अवसरमा आज बिहान शुभकामना सन्देश दिँदै यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएकोले राष्ट्रिय पर्व भएको बताएका छन् ।
माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा पनि मनाइने गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले माघे सङ्क्रान्तिले पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु-संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
माघे सङ्क्रान्ति सहित विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा नेपाललाई विश्वसामु परिचित गराउन महत्पूर्ण भूमिका रहने राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।