धरान : भर्खरै गठन भएको खस समाज प्रतिष्ठान धरान उपमहानगर समितिले पहिलो सामाजिक कार्यको रूपमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

‘रक्तदान जीवनदान महादान’ नाराका साथ वैशाख ६ गते शनिवार भानु चोक लोकतान्त्रिक चौतारीमा बृहत् रक्तदान आयोजना गरिने समाजका सचिव विजय घिमिरेले बताए ।

धरान भित्र छरिएर रहेका खस क्षेत्री समुदायलाई सामुदायिक रूपमा सामाजिक गतिविधिहरू सक्रियता पूर्वक अघि बढाउन समाजको गठन भएको हो ।

खुल्ला रक्तदान कार्यक्रम सबैलाई सबै समुदायका रक्तदाताहरूलाई रक्तदानका लागि कार्यक्रममा उपस्थित भइदिन समाजले आग्रह गरेको छ । रक्तदान कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य रमेश बस्नेतको प्रमुख अतिथि रहने पनि जानकारी गराइएको छ ।