इटहरी : शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा चलिरहेको आन्दोलनको समर्थनमा इटहरीका शिक्षकहरू एकजुट भएका छन् । बिहीबार यथाशीघ्र ऐन जारी गरेर माग पुरा गर्न आग्रह गर्दै इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासङ्घको आयोजना भएको आन्दोलनमा देशैभर बाट हजारौँ शिक्षक सहभागी भएका छन् । सुनसरीका अधिकांश शिक्षक काठमाडौँ पुगेपनी उपलब्ध शिक्षकले इटहरीमा आन्दोलन गरेका हुन् ।
महासङ्घले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । सरकारले विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर वैशाख १२ गते बर्खे अधिवेशन आह्वान गरेको छ ।