धरान : प्रहरीले धरान-११ बाट बिहीबार ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले चेकजाँचको ५३० मिलिग्राम ब्राउनसुगर र ट्रामाडोल ४० क्याप्सुल, कोलिवन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
यसैगरी धरान-१० का २७ वर्षीय निरन श्रेष्ठ, धरान-८ का २९ वर्षीय सरोज विश्वकर्मा, ३४ वर्षीय  किशोरको मादेन पनि ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
उनिहरुलई रामधुनी-५ का २० वर्षीय करण चौधरी,  इटहरी-४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापागाईँ, १९ वर्षीय मिलन तामाङ, सुन्दरहरैँचा-५ का ४२ वर्षीय प्रेम कुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा–६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठसँगै प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले कोसी गाउँपालिका-१ बाट नियन्त्रणमा लिएका उनीहरूबाट ब्राउन सुगर ३१ दशमलव ९६ ग्राम बरामद गरेको छ ।