धरान : प्रथम स्व.पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिता प्रतियोगिताको उद्घाटन खेल धरान सिटी फुटबल क्लब र प्रगतिशील फुटबल क्लब बिच हुने भएको छ ।

वैशाख ८ सोमवार देख धरान रङ्गशालामा हुने फुटबलको खेल तालिका आज शुक्रवार जारी भएको हो ।

खेल तालिका अनुसार प्रतियोगितामा ८ वटा फुटबल टिम सहभागी हुने निश्चित भएको छ ।

सहभागी अन्य टिमहरूमा मरिक फुटबल क्लब, स्वर्णिम फुटबल क्लब, फुटसल फुटबल क्लब, यु-१६ धरान फुटबल क्लब, शान्ति नगर इटहरी फुटबल क्लब र ब्रदर्श कलेक्सन केराबारी रहेका छन् ।

नेचर क्लबको आयोजनामा वाइसीएल धरानको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिता वाईसीयलका केन्द्रीय सचिव श्री सुब्बाले आमा स्वर्गीय पार्वती लिम्बुको स्मृतिमा आयोजना गर्न लागेका हुन ।

वैशाख ८ देखि १३ गते सम्म हुने प्रतियोगिताका विजेता टिमलाई नगद १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल प्रदान गरिने छ । उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ ।

व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई १०र१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद १ हजार प्रदान गरिने छ ।