धरान : एसइई दिएर बसेको विद्यार्थीहरूका लागि बास्केटबल सङ्घको आयोजनामा बास्केटबल प्रशिक्षण ट्यालेन्ट हण्ट बुधवार देखी सुरु भएको छ ।
धरान-१६ रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सुरु भएको प्रशिक्षणमा विशेष गरेर एसइई दिएका विद्यार्थीहरू सहभागी छन् । बास्केटबल सिक्न इच्छुक कक्षा ४ सम्मका विद्यार्थीहरू लाई पनि प्रशिक्षणमा सहभागी गराइएको छ ।
प्रशिक्षण बिहान ६ देखि ८ बजे सम्म चल्ने राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिएका छन् । सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग सञ्चालन भइरहेको प्रशिक्षण धरान उपमहानगरपालिकाको संयोजनमा भएको हो ।
सहभागी एसइई दिएका उत्कृष्ट विद्यार्थी खेलाडीहरूलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तीका लागि सिफारिस गरिने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए ।