धरान : ईस्टर सन्डेको अवसरमा धरानका इसाई धर्मावलम्बीहरूले आज आइतबार वृहत् र्‍याली आयोजना गरे ।

र्‍यालीमा धरानका ४० बढी चर्चको सहभागिता थियो । विश्वभरका इसाईहरूले आजै ईस्टर सन्डे मनाउँदै छन् । धरानमा भएको  र्‍याली वडा १९ स्थित एलोहिम चर्चबाट सुरु भएको थियो ।

र्‍याली किरात चौक, पुतली लाइन हुँदै भानुचौकमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीका सहभागीहरूले बाइबलमा भएका बचनहरू लेखिएको प्ले कार्ड हातमा लिएका थिए । ‘येशु बाटो सत्य र जीवन हुनुहुन्छ, सबैको निम्ति येशु ख्रिस्ट लगायत वचनहरुरु प्लेकार्डमा थिए ।

धरान ख्रीष्ट्रिय समाजको आयोजनामा भएको सभामा अध्यक्ष गोविन्द राईले येशुख्रीष्ट क्रुसमा टाँगिएर मृत्यु भएको ३ तिन दिन पछि बौरी उठेको दिनलाई पुनरुत्थान दिवसको रूपमा इस्टर सन्डे मनाउने गरिएको बताए ।

सभामा इसाई अगुवाहरूले सभामा येशुख्रीष्टका बारे प्रकाश पारेका थिए । न्यु लाइफ चर्च धरान १२ का पास्टर मेहरमान ह्युज गिरीले स्वागत मन्तव्य दिए ।

धरान पास्टर अगुवा सङ्घका अध्यक्ष रेभरेन्ट सूर्य तामाङ, अनुग्रह चर्चका रेभरेन्ट पर्शु गुरुङ, धरान ख्रीष्ट्रियन चर्चका रेभरेन्ट डाक्टर जिवनदिप सुब्बा, ईम्मानुएल कृपा मण्डलीका एलडर चन्द शेर्मा लगायतले इस्टर सन्डेका बारेमा मन्तव्य दिए ।happyt-day