धरान : नेपालमा पहिलो पटक धरानमा आयोजित व्यवसायीक बक्सिङ स्पर्धा ‘आइविए प्रो एण्ड एमेचर धरान फाइट नाइट’मा प्रो फाइटमा फ्लाई वेट ५१ केजी तौलमा झापाका फुङलाल काम्वाङ, फेदर वेट ५७ केजिमा एविसि धरानका सिंहजी लिम्बुले स्वर्ण पदक जितेका छन् ।
यसै गरी लाइट वेट ६० केजिमा सिएचजि काठमाण्डौका सुलभ माली र लाइट वेट ६३.५ केजी फाइटमा त्रिभुवन आर्मी क्लबका सम्राट् महर्जनले स्वर्ण पदक जिते । धरान बक्सिङको आयोजनामा नेपालमा पहिलो पटक शुक्रवार राष्ट्रिय आइविए प्रो एण्ड एमेचर महिला पुरुष धरान फाइट नाइट धरान–१५ स्थित चुम्लुङ हिममा भएको हो ।
बक्सिङ स्पर्धामा विजेता फुङलाङले नक्साल काठमाण्डौका आयुसलाई ५–० अङ्कले युननिमसको आधारमा हराएका थिए । सिंहवीर लिम्बुले त्रिभुवन आर्मीका पुरन सुनुवारलाई ३–१ अङ्कले स्पिलिटमको आधारमा पराजित गरे ।
सुलभ मालिले तेह्रथुमका अनिस भुजेलाई आरएससि ९ रेफ्रि स्टप कन्टेस्ट ० को अधारमा पहिलो राउन्डमै पराजित गरेका थिए । अन्तिम प्रो. फाइटमा सम्राट् महर्जनले धरानका दिपल राईलाई ५–० युनिनमस आधारमा हराए ।
प्रो फाइटका विजेताहरूले स्वर्ण पदक सहित नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सोही अवसरमा एमेचर स्पर्धामा महिला तर्फ ४८ केजी तौलमा उदयपुरकी दिविका राई र नक्साल काठमाण्डौकी दिव्य चेम्जोङ लिम्बु बिच पहिलो फाइट भएको थियो ।
नक्सालकी दिव्याले दिविकालाई तेस्रो राउन्डमै आरएससि आधारमा पराजित गर्दै स्वर्ण पदक जितिन् । ५८ केजी तौलमा दोस्रो एमेचर फाइट धरानका नवाङ राईले उदयपुरका अभिसेक बस्नेतलाई ५–० अङ्कले युनिनमस आधारमा पराजित गरी स्वर्ण पदक जीते । ५६ केजी तौलको प्रदर्शन खेलमा धरानका सम्राट् लिम्बुले धरानकै शिखर राईलाई ५–० अङ्कले युनिनमस आधारमा पराजित गरे । ५७ केजी तौलमा धनकुटाका मनिष पराजुलिले धरानका राजन राईलाई ४–१ अङ्कले पराजित गर्दै स्वर्ण पदक जीते ।
एमेचरको ६० केजी तौलमा काठमाण्डौका निकेश गुरुङले धरानका असिम लिम्बुलाई ५–० युनिनमसको आधारमा पराजित गरी स्वर्ण पदक जिते ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई समापन समारोहका सभापति धरान बक्सिङका अध्यक्ष दीपक राई, वरिष्ठ खेलाडी ओलम्पियन नरेन्द्र पोमो, वरिष्ठ प्रशिक्षक किशोर सम्वाहाम्फे, नेपाल बक्सिङ महासङ्घका केन्दिय सचिव देवेन्द्र लिम्बु, धरान बक्सिङका सचिव महेश आलेले पदक तथा पुरस्कार प्रदान गरे । प्रतिस्पर्धा कार्यक्रममा नगर प्रमुख हर्क साम्पाङ हर्कराज राईको प्रमुख अतिथि थिए ।
उक्त अवसरमा आउटसाइर्डस ब्यान्डले लाइभ प्रस्तुतिका साथै धरानका डान्स सेन्टरका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
fight-night-1