धरान : पानबारी गोल्डकप फुटबल दोस्रो संस्करणको शनिवार भएको उद्घाटन खेलमा सिसिआइडि धनकुटाले विजयी सुरुवात गरेको छ ।
धरान–६ पानवारी फुटबल मैदानमा सुरु भएको खेलमा सिसिडिआइसी मौनावुधुक धनकुटाले आरआईएफसी काठमाडौँलाई  १–० गोलले पराजित गर्दै विजय भएको हो ।
निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २० औ मिनेटमा सिसिआआडिका सबिन राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए ।
उनले गरेको गोल नै खेलको निर्णायक गोल बने । खेलको म्यान अफ द म्याच पनि सविन राई नै घोषित भए । उनले नगद २हजार १ सय रुपैयाँ प्राप्त गरे । 
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका थिए । कार्यक्रमको सभापतित्व पानबारी फुटबल क्लबका अध्यक्ष कृष्ण कुमार राई भूपालले गरेका थिए ।
जेठ ३ सम्म हुने प्रतियोगितामा पानवारी फुटबल क्लब, केएफसी मोरङ, बुल्स ११ इटहरी, योङ ब्वाइज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लब, आरआईएफसी काठमाण्डौं टिम सहभागी छन ।  
प्रतियोगीताका विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने छ । उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । 
व्यक्तिगत विद्यामा उत्कृष्ट खेलाडीले नगद  ७ हजार, हाई स्कोररले ५ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्स, मिडफिल्डरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन । उत्कृष्ट कोचले ५ हजार, म्यान अफ द म्याचले २ हजार १ सय रुपैयाँ नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आज आइतवार हुने दोस्रो दिनको खेल द योङ्ग लर्ड बुद्ध क्लब ईटहरी र चात्यासा फुटबल क्लब झापा बीच हुने छ ।