धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार थापाले ‘किरात समुदायको महान् पर्व उभौली’को अवसरमा आज सोमवार बिहान शुभकामना सन्देश दिँदै यो पर्वले प्रदेशको विशिष्ट सांस्कृतिक र धार्मिक पहिचानलाई उजागर गरेको उल्लेख गरेका छन् ।
सन्देशमा कोशी प्रदेश बहुजातिय, बहुभाषिक, बहु धार्मिक र बहुसांस्कृतिक प्रदेश हो भन्दै ‘कोशी प्रदेश सरकार सबै धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र संवर्द्धनमा प्रतिबद्ध छ ।’
प्रदेशका सबै जातजाति र समुदायको पहिचानलाई स्थापित गर्दै विविधतायुक्त सामाजिक संरचनाको विशिष्टता प्रवर्द्धन गर्न प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्रीले सन्देशका उल्लेख गरेका छन् ।
उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रूपमा चिनिने र पहिलो दिन ‘चण्डी नाच’ (साकेला) नाच्ने चलन छ र उक्त चलन प्रकृतिको आराधनाका लागि गरिएको सन्देशका उल्लेख छ ।
सन्देशमा भनिएको छ ‘खुवालुङ जस्तो पवित्र सांस्कृतिक धरोहर देखी महागुरु फाल्गुनन्दको पवित्र स्थल कोशी प्रदेशमा नै भएको उल्लेख गर्दै यसले प्रदेशको विशिष्ट सांस्कृतिक र धार्मिक पहिचानलाई उजागर गरेको छ ।’
शुभकामना सन्देशको पूर्णपाठ :