धरान : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल सरकारको ऐन अनुसार सङ्घ संस्था नचल्ने कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
शनिवार नेपाली काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा  उनले नेपाल सरकारले खेलकुदमा पहिला भन्दा धेरै बजेट छुटाएको बताए। 
मन्त्री चौधरीले भने "सङ्घहरूले नियम उल्लङ्घन गरी काम गरे तुरुन्त कारबाही प्रक्रिया सुरु गरेको छ ।"सङ्घमा लाग्ने साथीहरूले विधान, अडिट , रिनोहरु लगायतका कामहरू समयमा नै नियमित गर्नुपर्ने उनले बताए । सङ्घहरू धेरै विवादमा आएको छ । त्यसैले सरकारको नियम कानुन अनुसार काम गर्न आग्रह गरे ।
खेलकुद मन्त्रालयले हाल सम्मको खेलकुद मन्त्रालयले भन्दा धेरै बैठक बसाएको र खेलकुद लिगहरूमा सबै भन्दा बढी बजेट छुटाएको मन्त्री चौधरीले बताए  ।
उनले भने “खेलकुद मन्त्रालय सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने योजना रहेकोले महिला, पुरुष सबै लिगहरूमा पहिला भन्दा बढी बजेट छुटाएको छौँ ।"
हामी सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्छ । खेल क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्नका लागि नै नयाँ नीति कार्यक्रमहरू पनि ल्याउँदै गरेको मन्त्री चौधरीले बताए । 
नेपालको ७७ जिल्लाहरूमा कोचहरू भए पनि खेलाडीहरू उत्पादन गर्न नसक्नु सबैको कमजोरी देखिएको उनको भनाई थियो ।
 त्यसैले खेलकुदलाई अगाडी बढाउन खेलाडीहरूलाई धेरै ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन, खेलकुद क्षेत्रमा विकास गर्नको लागि पनि ७ वटा प्रदेशमा रहेको १० वटा रङ्गशाला केन्द्र सरकारले लिएर अरू रङ्गशालाहरू  स्थानीय सरकार र प्रदेश सरकारलाई दिने घोषण गर्न लागेको उनले जानकारी दिए ।
खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास पनि जारी रहेको उनले  बताए ।
खेलाडीहरूको स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरूको लागि नयाँ कार्यक्रम आएको भनाई छ । खेल क्षेत्रमा खेलाडीहरूलाई टिकाइरहन अझै पनि समस्या रहेको कोशि प्रदेश फुटबल सङ्घको अध्यक्ष किशोर राईले बताए । 
खेलाडीहरू सेवा सुविधा बाट वञ्चित रहेको कारण पनि नेपालमा खेलकुद क्षेत्र अगाडी नरहेको उनको भनाई थियो।
कार्यक्रममा नेपाली काँग्रेस कोशि प्रदेशको महामन्त्री उमेश थापा, धरानका सभापति श्याम पोख्रेल,लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।