इटहरी : इटहरीमा सम्पन्न केआइइसी रोड सोमा ३०० बढी विद्यार्थीले आफ्नो जिज्ञासाको समाधान गरेका छन् । विद्यार्थी तथा अभिभावकलाई विदेशमा अध्ययन गर्न जाँदा अपनाउनुपर्ने तरिका र सावधानी प्रति केआइइसीले जानकारी दिएको हो ।
देशका विभिन्न सहरहरूमा रोड सो गर्दै आएको केआइइसीको एजुकेसन फेयर इटहरीमा भव्य भएको छ । मंगलबार सम्पन्न कार्यक्रममा १५ बढी विश्वविद्यालयका प्रतिनिधिले एकै ठाउँमा विद्यार्थीलाई परामर्श दिएका हुन् ।

शैक्षिक परामर्शमा ख्याति कमाएको केआइइसी इटहरीले एजुकेसन फेयर मार्फत विद्यार्थीको समस्या समाधानको प्रयास गरेको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क परामर्श लिएका विद्यार्थीहरू उत्साहित भएका छन् ।
बारम्बार सामाजिक तथा शैक्षिक गतिविधिमा सक्रिय रहेको केआइइसीले युके, अस्ट्रेलिया, न्युजल्यान्ड,जर्मन, फ्रान्स, नेदरल्याण्ड, क्यानडा लगायत देशमा विद्यार्थी पठाउँदै आएको छ ।
कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेशमा अध्ययन गर्ने सोच भएका विद्यार्थीको लागि सुविधा प्रदान गरेको हो । देशको अवस्था, शैक्षिक वातावरण, शुल्क देखि सामाजिक अवस्थाको बारेमा सम्पूर्ण जानकारी एजुकेसन फेयरमा गराइएको थियो ।