इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सामाजिक विकासमा ध्यान दिएको इटहरीले चालु आर्थिक वर्षभन्दा १ अर्ब २५ लाख कमको बजेट ल्याएको हो ।
चालु आबमा ३ अर्ब ५७ करोड ८३ लाखको महत्त्वाकाङ्क्षी बजेट ल्याएको इटहरीले यस पटक घटाएर २ अर्ब ५५ करोड २१ लाखको सीमा राखेको छ । 
त्यसमध्ये चालु तर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार र पुँजीगत तर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार विनियोजन गरिएको छ ।आन्तरिक श्रोतबाट ५८ करोड आम्दानी गर्ने अनुमान गरिएको छ भने अन्य श्रोतमा सङ्घ र प्रदेशबाट आउने अनुदान र नगद मौज्दात ९ करोड ६७ लाखबाट व्यवस्थापन गर्ने उपमेयर सङ्गीता चौधरीले बताइन् ।