धरान : सुनसरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले मङ्गलवार भोजपुर आम चोक–८ का २१ वर्षीय अंकित मगरलाई ९ केजी ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सोही दिन वराहक्षेत्र–६ का २० वर्षीय रोसिता गिरी, वराहक्षेत्र–९ की २० बर्षीया रस्मिता राई, इटहरी–३ का २२ वर्षीय समित राई र ईटहरी–५ का २० वर्षीय प्रसाङ ढकाललाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 
यसै गरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी–३ का ३० वर्षीय बुद्धराज राई र ३० वर्षीय पुष्पा थापालाई १ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ।
साथै जल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले पाख्री बास–४ का २७ वर्षीय मिगुर शेर्पालाई लागु औषध २२ पिस ट्याब्लेट र २२ पिस क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।