इटहरी : नेकपा माओवादी केन्द्र इटहरी उपमहानगर कमिटीले बजेट पास नहुनु जनप्रतिनिधिको लापरबाही र असक्षमताको पराकाष्ठा भएको बताएको छ । साउन ३ गते शनिवार प्रेस विज्ञप्ति प्रकाशित गर्दै माओवादी केन्द्रले बजेट होलीडेको अवस्था आउनु इटहरीको लागि दुर्भाग्य भएको बताएको हो ।

अध्यक्ष राजकुमार आचार्य र सचिव रामकुमार नेम्वाङ द्वारा जारी विज्ञप्तिमा इटहरीमा बारम्बार पत्रकारिता माथि भएको आक्रमणको निन्दा गरिएको छ । सरकार प्रमुखबाट पटक पटक पत्रकार तथा सञ्चारकर्मी माथि लगाइएको आधारहीन आरोपको घोर विरोध गर्दै माओवादी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको हो ।

असार मसान्तमा पास हुनुपर्ने बजेटमा जनप्रतिनिधिको असक्षमता झल्किएको माओवादीको ठहर छ । महालेखा परीक्षण प्रतिवेदनमा समेत इटहरीको बेरुजु अत्यधिक भएको भन्दै जनप्रतिनिधिको कार्यक्षमतामा माओवादीले प्रश्न उठाएको छ ।

गत असार ३२ गते मेयर हेमकर्ण पौडेलले अनुसूची बिना नै बजेट पास गर्ने तयारी गरेपछि एमाले जनप्रतिनिधिले विरोध जनाएका थिए । अनुसूची बिना जथाभाबी बजेट पास गर्न नहुने र उपमहानगरपालिकालाई थप व्ययभार थोपार्न नहुने एमालेको तर्क छ ।

Itahari-maobadi