धरान : अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे)को ‘सोसल इयर २०२५’ अगस्तको अवसरमा विश्वभर हुने ८ प्रतियोगिता मध्ये नेपालमा हुने एसियाको एक मात्र काठमाण्डौमा हुने ‘हिमालयन क्वीन्स ग्याम्बिट’ प्रतियोगीताकमा १०० महिला खेलाडी बिच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिता आइतबार काठमाडौँ स्थित सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा हुनेछ । सेन्ट जेभियर कलेज प्रतियोगिताको पार्टनर पनि हो ।
हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासङ्घ र सेन्ट जेभियर कलेजको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । एकेडेमीकी संस्थापक मोनालिसा खम्बुले भनिन् ‘फिडेले सोसल इयरको यो वर्ष चेसमा महिलालाई प्राथमिकता दिएको छ ।
'ग्याम्बिटमा ओपन, स्कुल सहित उमेर समूहका ८ स्पर्धा समावेश गरिएको छ उनले बताइन् । कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्र कुमार राईले भने ‘नेपाली चेसमा महिला खेलाडी न्यून छ, यो प्रतियोगिताले महिला खेलाडीलाई उत्साहित पार्ने विश्वास गरेको छु ।’
प्रतियोगिता स्विस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ । ७ राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा १ खेलाडीले १० मिनेट पाउने छन् । खुलातर्फ शीर्ष ३ खेलाडी तथा विद्यालयतर्फ शीर्ष ३ स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गल्र्स यु १०, यु १३, यु १६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ ।