इटहरी : इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय सङ्गम 'बरबरिक : द पोएटिक फ्लेम' आयोजना हुने भएको छ।

इटहरीस्थित होटेल सोल्टी वेस्टएन्डमा यही भदौ ७ गते शनिवार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईँ “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ सङ्गीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ।

यो साँझ केवल मनोरञ्जन होइन, साहित्य र भावनाको माध्यमबाट समाजलाई सांस्कृतिक चेतनाले सबल बनाउनुका साथै यसले शब्द, सङ्गीत र रङ्गमञ्चलाई एउटै मञ्चमा ल्याई दर्शकलाई अद्वितीय अनुभव दिनेछ भन्ने कुरा पूर्वेली मिडिया नेटवर्कले जनाएको छ।

कार्यक्रमलाई रमपम नुडल्स, डिजिटल पेन्ट्स, इटहरी नमुना कलेज, बुद्ध एयर, आनन्दी ज्वेलरी लगायतका सङ्घ-संस्थाहरूको प्रायोजन रहेको छ ।