धरान : आउँदो सन् २०२५ नोभेम्बरमा थाइल्यान्डमा हुने ७४औँ मिस युनिर्भस सुन्दरी प्रतियोगितामा भारतीय मिस युनिवर्स सुन्दरी मनिका विश्वकर्माले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । 
विश्व सुन्दरी मिस युनिर्भसको लागि भारतमा भएको ‘मिस युनिर्भस इन्डिया २०२५’ प्रतियोगितामा मनिकाले विजेताको ताज पहिरिएकी छन् । ‘मिस युनिर्भस इन्डिया’ ताज हासिल गरेकी उनी ७४औँ विश्व सुन्दरी ‘मिस युनिवर्स’ प्रतियोगितामा भारतीय प्रतिस्पर्धी हुने पक्का भएको हो ।
भारतीय राज्य राजस्थानकी मनिकाले गएको सोमवार १८ अगस्तमा जयपुरमा भएको ‘मिस युनिर्भस इन्डिया’ सुन्दरी प्रतियोगितामा विजेताको ताज पहिरिएकी हुन । उनलाई अघिल्लो वर्षकी विजेता रिया सिंघाले ताज पहिर्‍याएकी थिइन् । 
प्रतियोगितामा कुल ४८ जना प्रतिस्पर्धी थिए । त्यस मध्ये ४ जना रनर अप सुन्दरी घोषित भइन् । विजेताको ताज पहिरिएपछि मनिकाले भनिन् ‘गाउँमा बसेर होस या शहरमा बसेर सपना साकार बनाउन मिहिनेत र आत्मविश्वास साथ अघि बढे दुनियाँ पनि जित्न सकिन्छ ।’
राज स्थानको श्रीगंगानगरमा जन्मिएकी मनिका विश्वकर्मा हाल दिल्ली विश्वविद्यालयकी राजनीति, विज्ञान र अर्थशास्त्रकी छात्रा हुन । पडाइसँगै उनले कला, नृत्य र सामाजिक कार्यमा रुचि राख्दै आएकी छन् । 
मनिका शास्त्रीय नृत्य र चित्रकलामा निपुण छन् । उनी नशा सम्बन्धी रोगीको आत्मबल प्रोत्साहित गर्न ‘न्युरोन भा’ संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा सक्रिय छिन् । ललितकलामा सम्मान पाएकी उनले विम्सटेक सम्मेलनमा भारतीय विदेश मन्त्रालयबाट प्रतिनिधित्व समेत गरेकी थिइन् ।
miss-univaersal
(भारतीय समाचार एजेन्सीको सहयोगमा)