धरान : विदेशमा पढ्न जाने परामर्शकालागि धरानमा सञ्चालित २ दर्जन एजुकेसन कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त छैनन्। सङ्घीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले गत: मङ्गलवार जारी गरेको मान्यता ७२० वटा शैक्षिक कन्सल्टेन्सीको नामावलीमा धरानमा सञ्चालित अधिकांश कन्सल्टेन्सीको नाम छैन।

मन्त्रालयका शाखा प्रमुख, उपसचिव सेमन्तराज कोइरालाले शैक्षिक परामर्श सेवाको क्षेत्रमा सेवा लिनुपर्ने सेवाग्राहीहरूले आर्थिक वर्ष २०८१/०८२ मा प्रकाशित सूची बमोजिमका संस्थाहरूबाट सेवा लिन मन्त्रालय आग्रह गरेको जनाएका छन् ।

प्रदेशमा धरानका १२ वटा

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख प्रवक्ता दामोदर फुयाँलले भाषा कक्षा र वृजकोर्ष, ईन्ट्रान्स तयारी कक्षा सञ्चालनका लागि मात्र हाल प्रदेशले अनुमती दिएको बताए ।

उनका अनुसार कक्षा सञ्चालनका लागि योग्यता प्राप्त, अनुभवी प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गर्नले अनुमती दिइएको छ । तर विदेश पठाउनकालागि अनुमती उनीहरूले पाउदैनन ।

उनले भने ‘विदेश पठाउन केन्द्रमा (सङ्घीय मन्त्रालयमा) दर्ता गर्नु पर्दछ ।’ प्रदेशमा हाल सम्म १५२ वटा संस्थाले भाषा कक्षा र बिज्रकोर्ष कक्षा, ईन्ट्रान्स तयारी कक्षा सञ्चालनको अनुमती लिएका छन् । त्यसमध्ये धरानबाट अनुमति लिने १२ वटा छन ।

तिनीहरू ईडेन, टप युनिभर्सल, पार माउन्ट, डट लिङ्क, स्टार वर्ल्ड, प्राईम एजुकेसन, व्राईट फ्युचर, न्युरल फरेन, सुमेधा, धरान एक्सपर्ट एजुकेसन, अवोर्ड,दुर्लभ एजुकेसन (डाँफे) लगायत रहेको फुयाँलले बताए ।

सङ्घीय मन्त्रालयमा ३ वटा मात्र

धरानमा दुई दर्जन कन्सल्टेन्सी सञ्चालनमा रहेपछि विद्यार्थी विदेश पठाउन पाउने मान्यता पाएकाहरू ३ वटा कन्सल्टेन्सी मात्र रहेको मन्त्रालयद्वारा प्रकाशित सूचीमा देखिएको छ ।

मन्त्रालयको सुचीमा प्रकाशित नामहरूमा धरानको एडेन एकेडेमी, पारामाउण्ट ईन्टरनेशनल एजुकेसन र टप युनिभर्सल एकेडेमी मात्र रहेको छ ।डट लिक कन्सल्टेन्सी मन्त्रालयको सुचीको अनुमतिको लिस्टमा रहेको छ ।

धरानमा नयाँ तथा पुराना कन्सल्टेन्सी सुमेधा, कङ्गारु, ब्रिज ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी प्रोटोकल, लालीगुराँस, प्यासेफीक एकेडेमी, युनिक एकेडेमी, ब्राईट फियुचर एकेडेमी, एक्सपर्ट एजुकेसन, एस डी एस, ग्रेस ईन्टरनेशनल लगायतको नाम सूचीमा छैन ।

पटक पटक पत्राचार गरे पनि दर्ता गरेनन्

धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले पटक पटक टयुशन र कोचिङ सञ्चालन गर्नेहरूले अनिवार्य स्थानीय तह मै दर्ता हुने व्यवस्था बमोजिम दर्ता गर्न पत्राचार गरे पनि दर्ता गर्न नआएको बताए ।

उनले भने ‘राज्यको नीति अनुसार कन्सल्टेन्सीवालाहरुले पनि स्थानीय निकायमा पनि सूचीकरण गर्ने व्यवस्था छ तर सूचीकरण गर्न ७ देखि ८ वटा मात्र आए ।’ उनका अनुसार शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा नियमन निर्देशिका २०८० अनुसार एजुकेसन कन्सल्टेन्सी दर्ता नभई चलाउन पाइँदैन ।

प्रदेश र केन्द्रबाट अनुमति प्राप्त एजुकेसन कन्सल्टेन्सीले पनि अव नयाँ नियमावली अनुसार उपमहानगरपालिकामा सूचीकृत हुनुपर्ने उनले बताए ।

राज्यको प्रस्ट निती भएन: तिगेला

राष्ट्रिय परामर्श समितिका केन्द्रीय सदस्य मोहन तिगेलाले कन्सल्टेन्सीहरूलाई राज्यले निती नियम बनाएर दर्ता प्रक्रिया अगाडी नबढाएकोले कन्सल्टेन्सीहरू दर्ता नभएको बताए ।

उनले भने ‘धरानमा ट्युसन र वृ्रजकोर्स गर्ने अनुमती लिएकाहरूले कन्सल्टेन्सी सञ्चालन गरेका छन् ।’राज्यको नियमन गर्ने निकाय कमजोर रहेकाले फाईदा उठाउनेहरू च्याउ सरी रहेको उनको भनाई छ । तर विदेश पठाउन पाउने मन्त्रालयबाट मान्यता प्राप्त ३/४ वटा मात्र कन्सल्टेन्सी रहेको उनले बताए ।

तिगेलाका अनुसार राज्यले तुरुन्त नियमन नगरे विद्यार्थीहरूको भविष्य वर्वाद हुने अवस्थामा छ । राज्यले निती र कार्यविधि बनाएर कन्सल्टेन्सीहरूलाई विधि प्रक्रियामा राख्न जरुरी छ ।

ईक्यानलाई कसरी थाहा हुन्छ ?

ईक्यान पूर्वाञ्चल अध्यक्ष राजेन्द्र निरौलाका अनुसार पूर्वाञ्चलमा ७ वटा मात्र दर्ता वाला कन्सल्टेन्ट रहेको भनी मन्त्रालयले सूचना सार्वजनिक गरेको छ ।

उनले भने ‘राज्यलाई कति वटा कन्सल्टेन्सी छ भनेर थाहा छैन हामीलाई कसरी थाहा हुन्छ ? नियमन गर्ने दायित्व राज्यको हो ।’ कोशी प्रदेशमा लगभग १५२ वटा संस्था होला तर दर्ता छ छैन थाहा नभएको उनले बताए ।

धरानमा ३ वटा मात्र देखियो: कुरुम्वाङ

राष्ट्रिय परामर्श समिती धरान अध्यक्ष सन्तोष कुरुम्वाङले मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार धरानका ३ वटा मात्र कन्सल्टेन्सी देखिएको बताए । उनले भने ‘मेरो कन्सल्टेन्सी चैँ मन्त्रालयमा दर्ता प्रक्रिया लिष्टेड मात्र छ ।’

उनका अनुसार धरानमा थुप्रै छन् केहीले कम्प्युटर ईच्यिुयुटको मान्यता लिएर कन्सल्टेन्सी चलाएका छन् भने कसैले टियुशन सेन्टर । त्यसले विदेश पठाउन मानयता पाउँदैन तर राज्यको नियम कमजोर भएकोले पठाई रहेका छन् । दर्ता प्रक्रियामा सबै छिर्न आव्हान गरेता पनि दर्ता प्रक्रिया नछिरेको कुरुङवाङले बताए ।

उनले भने‘शाखा खोल्नेहरूले पनि दर्ता गर्न अनिवार्य छ ।तर शाखा भन्दै चलाउने धेरै छन् । उनले भने ‘यसरी चलाएकोहरुले विद्यार्थीहरूको भविष्य वरवाद बनाउन सक्छ ।’

१५ दिन भित्र सम्पर्क आउन आग्रह

मन्त्रालयले समयमै नवीकरण गर्न सूचना प्रकाशित गरेको थियो । सोही सूचना बमोजिम ७२० वटा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा सञ्चालन, तयारी कक्षा सञ्चालन, ब्रिज कोर्ष सञ्चालन तथा भाषा परीक्षण गर्न अनुमति लिएका हुन ।

मन्त्रालयले सूचीमा कुनै पनि संस्थाको विवरण फरक पर्न गएमा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आफूले प्राप्त गरेको नवीकरण पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन गरिएको मितिले १५ दिन भित्रमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

मन्त्रालयले प्रकाशित गरेको सूची–

No description available.

11222