विराटनगर :  प्रदेश १ सत्तारूढ गठबन्धनले सरकारमा थपिने  मन्त्रीको नाम फाइनल गरेको छ ।  मन्त्रीको आजै शपथ ग्रहण गर्ने तयारी छ । आज नेकपा एस र काङ्ग्रेसबाट ३–३ र माओवादी केन्द्रबाट दुई जनाले शपथ ग्रहण गर्नेछन्। 

माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन् । नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् ।

नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश  हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको गठबन्धन स्रोतले बताएको छ ।

प्रदेश १ मा सातबाट मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो । तर भागबन्डा नपुगेपछि पुन मन्त्रालय फुटाएर १३  बनाएको छ ।स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो । सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउने बताइएको छ ।