झापा : झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारी स्थित पूर्व पश्चिम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  भने १ जना घाइते भएका छन् ।

हिजो दिउसो १ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्युजिक भ्यानले विपरीत दिशा बाट जाँदै  गरेको प्र १-०१-०१३ प  ७३२६ नम्बरको  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडि सवार  बिर्तामोड-४ का कृष्ण राजवंशी घाइते भएका थिए।

दुवै घाइतेलाई  उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाइकल चालक दिलीपको उपचारको क्रममा मृत्यु भएको थियो  भने पछाडि सवार कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । म्युजिक भ्यान र चालक  इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।