धरान : नेपाली काँग्रेस धरान नगर समितिले टोल सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । 

धरान उपमहानगर सभापति श्याम पोख्रेलको उपस्थितिमा धरान वडा नम्वर. १६ स्थित सिमाना टोलमा धन बहादुर श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरिएको नगर सचिव जितेन्द्र राईले बताए । 

सचिव राईले धरान १७ नं. वडा अन्तर्गत सप्तरङ्गी मार्ग टोल र शान्ति टोलमा समेत समिति गठन गरिएको बताए । सप्तरङ्गी मार्ग टोल समितिमा सोमा जबेगुको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको छ भने शान्ति टोल समितिमा सूर्य बहादुर तामाङको संयोजकत्वमा  ११ सदस्यीय समिति गठन गरिएको छ ।

सचिव राईका अनुसार विधानमा उल्लेख भए बमोजिम काँग्रेस धरान उपमहानगर समितिको गत पौष १२ गते बसेको पूर्ण बैठकले पारित गरे बमोजिम यही फागुन मसान्तभित्र सबै टोल समिति गठन गर्ने गरी तीव्र  गतिमा टोल समिति गठनमा सक्रिय रूपमा काँग्रेस अगाडि बढेको छ । कार्यक्रममा काँग्रेस जिल्ला सचिव माधव घिसिङले समेत सम्बोधन गरेका थिए ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धरान वडा नम्बर ११ का नेपाल तरुण दल कार्यसमितिले रक्तदान कार्यक्रम गरेको छ । 

मङ्गलबारे चौक स्थित शनिवार तरुण दलले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन भएको तरुण दलका नेता सुवास राईले जानकारी दिए ।

कार्यक्रममा काँग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ (ख)का सभापति मुरारी भट्टराई, नेतृ पञ्चकला राई लगायतको उपस्थिति थियो । 

Raktadan